श्रावण १०, २०८३ आइतबार July 26, 2026

‘आमा’को ट्रेलरले दर्शकलाई रुवायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले यसपछि जती पनि चलचित्र निर्देशन गरे, ती चलचित्रमा उनले व्यवसायिकता बढी खोजे । यसैले, उनको चलचित्रमा कथाको अभाव देखियो । दीपेन्द्रबाट दर्शकले गहन चलचित्रको अपेक्षा गरिरहेका छन् । बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले दीपेन्द्रबाट गहन कथाको अपेक्षा गर्ने दर्शकलाई खुशी बनाएको छ ।

एउटा गहन नाममा चलचित्र बनाएका दीपेन्द्रले यसपटक आमाको माया, वेदना र सहनशिलतालाई पर्दामा उतारेका छन् । सार्वजनिक भएको एक दिनमा ३ लाख भ्यूज पाएको चलचित्रको यो ट्रेलर युटुब ट्रेन्डिङमा पकड जमाइसकेको छ ।

भ्यूज र ट्रेन्डिङ भन्दा पनि यसले दर्शकबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चलचित्रको ट्रेलर दर्शकलाई हलसम्म तान्ने सवैभन्दा ठूलो हतियार हो । ‘आमा’लाई स्टार भन्दा पनि कथाले चलाउन आवश्यक छ । सायद, यसपटक दीपेन्द्रको कथा भन्ने शैलीले काम गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो चलचित्रको छायांकनको समयमा पानी कुरेर यसको टिमले दिनभर समेत छायांकन नगरेका उदाहरण धेरै छन् । पानीको आवश्यकता किन थियो भनेर ट्रेलरमा केही झलक देखाउन खोजिएको छ ।

छोराको लागि मरिहत्ते गर्ने बाबु–आमाका लागि छोरीले समेत कस्तो भूमिका निर्वाहा गर्न सक्छन् भन्ने भाव समेत ट्रेलरमा झल्किएको छ । चलचित्रको ट्रेलरमा आएका प्रतिक्रिया हेर्दा, धेरै दर्शकलाई यसले भावुक बनाएको छ । चलचित्रको ट्रेलर हेरेरै रोएका प्रतिक्रियादेखि आफ्नी आमालाई लामो समयपछि फोन गरेको प्रतिक्रिया युटुबमा देख्न सकिन्छ । एउटा ट्रेलरले यो खालको शक्ति समेत बोल्न सक्छ ।

शर्मिला पाण्डे निर्मित यो चलचित्रको ट्रेलरमा मिथिला शर्माको प्रशंसा अझै बढी गर्न सकिन्छ । किनकी, मिथिला शर्माका हरेक संवाद र अभिनयले दर्शकको मन कटक्क बनाएको छ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले दर्शकलाई हलसम्म कती तान्छ, यो फागुण ९ गते भन्न सकिन्छ । तर, चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्र हेर्न आकर्षित गरेको छ भन्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार