असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल प्रहरीकी पार्वतीलाई स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल प्रहरीकी पार्वती गुरुङले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छिन् ।

नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा उनले महिला एकलको १८–३५ वर्षमा ७.१३ अङ्क जोड्दै स्वर्ण पदक हात पारेकी हुन् ।

त्यस्तै आर्मीकी सिना मादेनले दोस्रो स्थान हात पारिन । सिनाले ६.८४ अङ्क जोडिन् । आयशा शाक्य ६.६१ तथा प्रशंसा क्षेत्री ६.५४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता हुन् ।

आयशाले १३ औँ सागमा दोहोरो स्वर्ण जितेकी थिइन् । प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेसनलका श्रृजल श्रेष्ठले ६.३८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे । छ दशमलव ३४ अङ्क जोड्दै आर्मीका सुजन श्रेष्ठ दोस्रो भए । मूलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेल र चन्द्रसूर्यका यज्ञ राईले तेस्रो स्थानमा चित्त बुझाए ।

महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा (६.५९ अङ्क) ले स्वर्ण तथा गोदावरीकी सर्गम थापा (६.२८ अङ्क) ले रजत जिते । स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइबाले संयुक्तरूपमा कास्य जिते । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार