कार्तिक ११, २०८३ बुधबार October 28, 2026

मधेस विखण्डन साेचविरुद्ध चलचित्र ‘एक’, घटस्थापनाबाट प्रदर्शनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उनी ‘ग्रेटर नेपाल’ बोकेर देशको सीमाना खोज्दै हिँडे। ‘विशाल नेपाल’ बोकेर सीमामा भौतारिएका उनै मनोज पण्डित १५ वर्षपछि फेरि अर्को एउटा चलचित्र ल्याएर आएका छन् ‘एक’।

देशको सीमाना मिचियो भनेर सधैँ चिन्तामा रहने यी पात्रले चलचित्र ‘एक’मा मधेसलाई नेपालबाट बिखण्डन गर्ने साेचविरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा बुनेका छन्। डिजिटल प्लेटफर्ममा आगामी असोज २१ गते (घटस्थापना) का दिन प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलर ओएसआर डिजिटलले सार्वजनिक गरेको हो।

चलचित्र ‘एक’का लेखक तथा निर्देशक पण्डित भन्छन्, ‘यो सम्भावित खतराप्रति देशका जिम्मेवार निकाय गम्भीर हुनुपर्छ भनेर यो फिल्मको परिकल्पना गरिएको हो।’

‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरूको बारेमा रोमाञ्चक किस्साहरू सुन्दै हुर्किएका पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सिएआई) को परिकल्पना पनि यो फिल्ममा गरेका छन्। फिल्लमा सिएआई एउटा गुप्तचर संस्था हुन्छ। राष्ट्रका यी चिन्तालाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन्।

‘राष्ट्रविरूद्ध हुने यस्ता बाह्य चलखेललाई असफल बनाउन फ्रन्टिएरको रुपमा काम गर्ने सिएसआईजस्ता संस्था नेपालमा बनाउन ढिला भइसकेको छ’ उनी भन्छन् ‘यो तथ्यलाई सम्बोधन गर्न भए पनि यो फिल्मले मद्दत गर्नेछ।’

खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ। कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्।

यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्।

प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्।

डिजिटल प्लेटफर्ममार्फत असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ।

यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्। न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार