असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई ६ अंकको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः स्टार खेलाडी नेयमार र एभर्टन रिबेइरोको गोलमा ब्राजिलले दक्षिण अमेरिकी छनोटमा लगातार ८औँ जित निकालेको छ ।

शुक्रबार बिहान घरेलु मैदानमा ब्राजिलले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा स्टार खेलाडी नेयमार र एभर्टन रिबेईरोले १/१ गोल गरे । नेयमारले अर्को गोलको लागि पास उपलब्ध गराएका थिए ।

घरेलु मैदानमा दुबै गोल पहिलो हाफमा भएका थिए । एभर्टनले खेलको १४औँ मिनेटमा नेयमारको पास सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४०औँ मिनेटमा नेयमारले ब्राजिललाई दोहोरो अग्रता दिलाए । बाँकी समय दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले ८ खेलमा शतप्रतिशत जित निकाल्दै २४ अंक जोडेको छ । उ खेल तालिकाकाे शीर्ष स्थानमा छ ।
अर्जेन्टिना ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएको  हो ।

बिहान अन्य खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको थियो । अर्जेन्टिनाले बोलिभियालाई लियोनल मेस्सीको ह्याट्रिकमा ३-० गोल अन्तरले पराजित गरेकाे छ।

सो खेलमा मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडेका हुन् । पेपेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए । न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार