असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल र बङ्गलादेशबीचको खेल गोलरहित बराबरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराएको थियो ।

एएफसी महिला एशियन कप–२०२२ छनोट खेल उज्बेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार