असार २४, २०८२ मंगलबार July 8, 2025

आईसीसी विश्वकप क्रिकेट लिग -२ : नेपालले अमेरिकालाई ५ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा भर्खरै सम्पन्न डे-नाइट खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र मिडल अर्डर ब्याट्सम्यान रोहित पौडेलले अर्धशतकिय पारी खेल्दा नेपालले प्रतियोगिताको पहिलो खेलमा जित दर्ता गरेको हो।

नेपालका लागि भुर्तेलले सर्वाधिक ८४ रनको पारी खेल्दा पौडेलले अविजित ६२ रन बनाएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रनको बलियो योगफल तयार गरेको थियो। अमेरिकाका लागि टप अर्डर ब्याट्सम्यान मनांक पटेलले सर्वाधिक १०० रन बनाएका थिए।

नेपालका लागि भने स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीले व्यक्तिगत १० ओभरमा निकै किफायती बलिङ गर्दै समान २-२ विकेट लिन सफल भएका थिए। त्यस्तै तिब्र गतिका बलर विक्रम सोबले २ विकेट लिंदा कुशल मल्लले १ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा २३१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शानदार ब्याटिङको प्रदर्शन गर्दै ४९ ओभरमा नै जित निकालेको हो। भुर्तेल र पौडेलसँगै विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले पनि ३७ रनको शानदार पारी खेलेका थिए।

अमेरिकाका लागि स्पिनर निसर्ग पटेल तथा नोसतुश केन्जिगेले समान २-२ विकेट लिन सफल भएका थिए भने कप्तान सौरभले १ विकेट लिएका थिए। तर नेपाली ब्याट्सम्यानले शानदार ब्याटिङ गर्दा नेपालले त्रिकोणात्मक सिरिजमा शुखद सुरुवात गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार