असार २४, २०८२ मंगलबार July 8, 2025

आइसिसी विश्वकप क्रिकेट लिग- नेपाल ओमानसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले आक्रमक सुरुवात गर्दै ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । ओमानका लागि जतिन्दर सिंहले विष्फोटक शतक प्रहार गरे । ६२ बल खेल्दै उनले १०७ रन जोडेका हुन् ।  जतिन्दरको यो ओडिआई करिअरको पहिलो शतक हो । त्यस्तै, आयान खान १८ रनमा क्याच आउट हुँदा सुरज कुमारले २० रन जोडे । साथै, मोहम्मद नादीमले अविजित रहँदै ३८ रन बनाए ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले समान २/२ विकेट लिए भने शुसान्त भारीको नाममा १ विकेट रह्यो । सन्दिप लामिछाने घाइते भएका कारण आज उनले बलिङ गरेका थिएनन् । जसको असर आजको खेलमा पनि देखियो ।

त्यसअघि टस जित्दै ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन जोडे । अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, विनोद भण्डारीले ६, सोमपाल कामीले ७, कुशल मल्लले ४ र विक्रम शोवले २ रन बनाए । करन केसीले २१, सन्दिप लामिछानेले १६ र सुशन भारीले २ रन जोडे ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । नेस्टोर धब्बाले २ र मोहम्मद नदिम र जेसमले १/१ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार