बैसाख २७, २०८३ आइतबार May 10, 2026

मेलवर्नबाटै अमृतले गरे शुक गुरुङको अन्तिम बिदाइ, दर्शक भावविभोर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेलवर्न । मञ्चमा सुरुवाती गीत प्रस्तुत गरेपछि आफ्ना सदाबहार तीनवटा गीत लगातार गाउने शैली नेपथ्यले केही वर्षयता विकास गर्दै आएको छ। ती तीनवटा गीत गाइसकेपछि मात्रै एकछिनको चुपचापलाई तोड्दै मुख्य गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्ने गर्थे । तर, सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा त्यो क्रम भंग हुनपुग्यो । हाउसफुल दर्शकका बीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउनेबित्तिकै अमृत थामिए र भने, ‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ । एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए । म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उनको आत्मालाई शान्ति मिलोस्।’

मृगौला रोगपीडित संगीतकर्मी गुरुङको आइतबार बिहान निधन भएको थियो । यो खबर थाहा पाउनेबित्तिकै अमृतले आइतबारै उनको सामाजिक सञ्जालमा शोक प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । ‘शुकजीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए’, अमृतले भने, ‘उनको सम्झनाका रूपमा उनका कृति रहिरहने छन् ।’ उनले यसो भनिरहेकै बेला अमृत र शुक गुरुङसँगै बसेको तस्वीर मञ्चको पृष्ठ भागमा देखाइएको थियो । ‘हामीबीचको अन्तिम भेटलाई यो तस्वीरले समेटेको छ’, अमृतले भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्त २६ तारिखमा गएका थियौं । र, यो तस्वीर नै अन्तिम चिनो बनेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार