असार २५, २०८२ बुधबार July 9, 2025

स्ट्राइकर विमलले थ्री स्टार क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्ट्राइकर विमल घर्ती मगरले थ्री स्टार क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।

आसन्न ‘ए’ डिभिजन लिगका लागि विमल र थ्री स्टार सम्झौताको नजिक पुगेका हुन् । थ्री स्टारले आसन्न प्रतियोगिताका लागि उनलाई सम्झौताको प्रस्ताव गरिसकेको छ भने विमलले पनि मौखिक सहमति जनाइसकेका छन् ।

विमल र क्लबबिच केही साताभित्रै सम्झौता हुने बताइको छ । उनी नेपाल फर्किएपछि क्लबबाट लिग खेलाउने प्रयास भइरहेको छ । क्लबले विमललाई एक सिजन ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मका लागि अनुबन्धको तयारी गरेको हो । जसका लागि पारिश्रमिकका बारेमा टुङ्गो लाग्न बाँकी छ । विमल हाल घुँडाको शल्यक्रियापछि कतारमा आराम गरिरहेका छन् ।

चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार