वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

एभरेष्ट प्रिमियर लिगः किंग्स इलेभन र विराटनर वारियर्सबीचको खेल रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मैदान चिसो भएका कारण एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत काठमाडौं किंग्स इलेभन र विराटनर वारियर्सबीचको खेल रद्द भएको छ ।

काठमाडौंमा हिजो पानी परेपछि पोखरा राइनोज र भैरहवा ग्ल्याडियर्सबीचको खेल रद्द गरी दुबै टोलीलाई १-१ अंक दिइएको थियो । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित मैदान ओसिलो भएका कारण खेल हुन नसक्ने भएपछि आजको खेल रद्द गरिएको हो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया