जेठ ४, २०८१ शुक्रबार May 17, 2024

युइएफए च्याम्पियन्स लिगः पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई २-० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउण्डको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई २-० गोलले पराजित गरेको छ ।

आफ्नो घरेलु मैदान पार्क डे प्रिन्सेसमा आज बिहान सम्पन्न खेलमा स्पेनिश स्टार खेलाडी लियोनल मेस्सीले पीएसजीलाई आफ्नो पहिलो गोल दिलाउँदै जीत आफ्नो पक्षमा पारेको हो ।

खेलको आठौं मिनेटमा स्ट्राइकर इड्रिसा गाना गुआईले गोलको खाता खोल्दै पिएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४औं मिनेटमा लियोनल मेस्सीले सानदार गोल गर्दै सिटीलाई पराजित गरेको हो ।

लियोनल मेस्सी पीएसजीमा आएपछिको यो पहिलो गोल सँगै  छ । त्यसैगरी च्याम्पियन्स लिगमा गएराती सम्पन्न आठ खेलहरुमा लिभरपुलले एफसी पोर्टोमाथि ५-१ गोलको फराकिलो जीत निकालेको छ ।

त्यसैगरी एसी मिलान एट्लेटिको मेड्रिडसँग १-२ गोल अन्तरले स्तब्ध बन्न पुगेको छ भने च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिश क्लब रियल मेड्रिड आफ्नै घरेलु मैदानमा पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग १-२ गोलले पराजित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार
गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ : ज्ञानेन्द्र शाही
२०८१ जेठ ४, शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
२०८१ जेठ ४, शुक्रबार
कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली
२०८१ जेठ ४, शुक्रबार