काठमाडौंः चार कम्पनीको वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन क्यापिटल लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको साधारण सभा हुन लागेको हो ।
सामुदायिक लघुवित्तको साधारण सभा काभ्रेको लहरीखर्क रिसोर्ट, बनेपामा हुनेछ । उक्त साधारण सभाले शेयरधनीलाई ३२ प्रतिशत बोनस शेयर र १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
त्यसैगरी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको साधारण सभा अम्रपाली बैंक्वेट, काठमाडौंमा हुनेछ । उक्त कम्पनीले पनि २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
लिवर्टी ईनर्जी कम्पनीको साधारण सभा अर्मतभोग क्याटरर्स कालिकास्थान र हिमायलन क्यापिटको कम्पनीको रजिष्टर्ड कार्यालय त्रिदेबी मार्ग, ठमेलमा सञ्चालन हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया