असोज १३, २०८३ मंगलबार September 29, 2026

एनसेल अफरः हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एनसेल आजियाटाले चाडपर्वलक्षित हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने अफर सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब एमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।

कम्पनीको दसैंतिहार र छठको अवसरमा बिहीबारदेखि लागु योजनामा धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १/१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन्। त्यस्तै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउनसक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया