असार २३, २०८२ सोमबार July 7, 2025

हिमा गृह र लियालो बंगलामा रिसोर्ट चलाउन दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा गृह र चितवनको लियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ ।

गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले भने चार ठाउाको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउामा रिसोर्टका लागि लिजमा दिन लागिएको बताएका छन । उनकाअनुसार कमलादीको २ रोपनी ४ आना, पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको एक रोपनी ७ आना, लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको ट्रष्टले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया