श्रावण २७, २०८३ बुधबार August 12, 2026

नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? यी कुरा ख्याल राख्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा उत्पादक तथा बिक्रेताका लागि आफ्ना सामान बिक्री गर्ने र अधिकांश उपभोक्ताका लागि वर्षभरी आफूले जोहो गरेको पैसाबाट किनमेल गर्ने भनेकै दशैं–तिहारको बेला हो । दशैं तिहार नजिकिएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको छ ।

आफ्नो आवश्यकता अनुसारका वस्तु तथा उत्पादन पहिचान गर्न सके चाडबाडका बेला ठगिने सम्भावना पनि कम हुन्छ । यसै सन्दर्भमा खास गरेर मोबाइल तथा ग्याजेट्सहरू खरिद गर्ने तयारीमा रहेका उपभोक्ताहरुको सहजताका लागि हामीले केही सामग्री तयार पारेका छौं ।

स्मार्टफोन छनौट गर्नुअघि आफ्नो आवश्यकता र प्राथमिकतालाई ख्याल गर्नुहाेस् । वास्तवमा स्मार्टफाेन भनेकै विभिन्न प्रयोजनको सहजताका लागि खल्तीमा बोक्ने एक किसिमको कम्प्युटर नै हो । स्मार्टफोनको प्रयोग वास्तविक रुपमा हरेक दिन कुन प्रयोजनका लागि कसरी प्रयोग गर्ने भन्ने विषय नियाल्नु जरुरी छ ।

सामाजिक सञ्जाल चलाउनकै लागि मात्र हो भने स्मार्टफोनमा २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न आवश्यक छैन । यदि मोबाइल गेममा विशेष रुचि छ र एकदमै ‘स्मुथ’ किसिमले गेमको आनन्द लिन चाहनुभएको हो भने ४० हजार रुपैयाँ आसपासमा त्यस्ता स्मार्टफोन प्राप्त गर्न सकिन्छ । उत्तमभन्दा उत्तम डिजाइन र ‘पर्फर्मेन्स’ चाहनुभएको हो भने चाहिँ ५० हजार रुपैयाँभन्दा माथि खर्च गर्न तयार हुनैपर्छ ।

अपरेटिङ सिस्टम

तपाईं एन्ड्रोइड मोबाइल खरिद गर्दै हुनुहुन्छ भने, बजारमा गुगल सफ्टवेयरका विभिन्न भर्सनपिच्छे मोबाइल उपलब्ध छन् । नयाँ स्मार्टफोन खरिद गर्नुपूर्व पछिल्ला एन्ड्रोइड भर्सनको भिन्नता जान्न जरुरी छ । मार्सम्यालो, नौगाट, ओरियो र पाई, एन्ड्राेइड १० र एन्ड्राेइड ११ पछिल्ला एण्ड्रोइड भर्सन हुन् । नयाँ भर्सन एन्ड्रोइड १२ बजारमा आउँदै छ ।

डिजाइन तथा फिचर

स्मार्टफोन तथा ग्याजेटका लागि बाहिरी बनावट र सफ्टवेयर दुबैमा व्यक्तिगत रुचि नै निर्णायक पक्ष हो । कसैलाई घुमाउरो तथा गोलो किनारा र सिधा डिजाइन मन पर्न सक्छ । अनि मजबुत किसिमको तीखो धारयुक्त धातुबाट बनेकोमा अरुको ध्यान होला ।

पछिल्लो समयमा ग्राहकका बेग्ला बेग्लै रुचिअनुसारका एकपछि अर्को ग्याजेट्सहरु बजारमा आउने क्रम चलिरहेको छ । तर, ग्याजेट्सको डिजाइनमा त्यसमा रहने फिचरहरुको पनि भूमिका रहन्छ ।

पछिल्लो समय धातुले बनेको ‘युनिबडी’ खुबै रोजाइमा पर्न थालेको छ । तर, मेमोरीकार्ड प्रयोग गर्न तथा ब्याट्री निकाल्न भने त्यसमा मिल्दैन । कुनै पनि डिभाइस खरिद गर्नुपूर्व आफ्नो सहजतालाई पनि ख्याल गरेर गुणस्तर जाँच्न आवश्यक हुन्छ ।

आकार तथा डिस्प्लेको प्रकार

समाचार अपडेट तथा एन्ड्रोइड गेमको उच्च गुणस्तरीय ग्राफिक्स चाहनेहरुका लागि कम्तिमा पनि ५ दशमलव २ इन्चको डिस्प्ले उपयुक्त हुन्छ । खास गरेर फेसबुक, टुवीटर लगायतका सामाजिक सञ्जालका लागि स्मार्टफो प्रयोग गर्नेहरुका लागि भने सानो स्क्रिन भएपनि काम चल्छ । खास गरेर एन्ड्रोइडको डिस्प्ले एलसिडी र एमोलेड गरी दुई किसिमको प्रविधिमा उपलब्ध छ । दुवैबीचको मुख्य भिन्नता भनेकै प्रकाश प्रक्षेपण हो ।

सैद्धान्तिक रुपमा एलसीडी स्क्रिन चम्किलो र सूर्यको सोझो प्रकाशमा हेर्न उत्तम मानिन्छ । जब कि एमोलेड डिस्प्ले चाहिँ तीखो प्रकाश र सीमित रङ्ग भएको अवस्थाका लागि उपयुक्त मानिन्छ । तर, नयाँ प्रविधिको आगमनसँगै दुवै किसिमका डिस्प्लेबीचको भिन्नता कम महत्वको विषय बन्दै गएको छ । तस्वीरका लागि फुल एचडी तथा क्यू एचडी रिजोलुशन लगभग त्रुटीरहीत मान्न सकिन्छ ।

प्रोसेसर

प्रोसेसरलाई डिभाइसको अत्यन्त महत्वपुर्ण पक्ष मानिन्छ, जसमा सम्पुर्णरुपमा डिभाइसको ‘पर्फरमेन्स’ निर्भर हुन्छ । कहिलेकाहीँ प्रोसेसरको क्षमताले सफ्टवेयरको अपडेटलाई सीमित पारिदिन्छ । क्वालकम र मिडियाटेकलाई प्रोसेसरका लागि सुरक्षित मान्न सकिन्छ ।

यस आधारमा कुनै पनि प्रोसेसरले सहीरूपमा काम गर्नका लागि उपलब्ध र्‍यामको मात्रा महत्वपूर्ण हुन्छ । प्रोसेसर महत्वपुर्ण हुँदाहुँदै स्मार्टफोन र त्यसको प्राविधिक ‘स्पेसिफिकेशन’ सम्पूर्णरुपमा नियाल्न भने जरुरी छ ।

इन्टर्नल मेमोरी र स्पेस

अहिले तपाईंले प्रयोग गरिरहेको पुरानो मोबाइलमा भएको स्पेस थोरै भएको अनुभुति गर्नुभएको छ र त्यसको विस्तार गर्न चाहनुभएक हो भने स्मार्टफोनमा रहेको र्‍याम र आन्तरिक ममोरी राम्रोसँग जाँच गर्नुस् । स्टिकर र बट्टामा लेखिएकै विषयलाई मात्र आधार भने नबनाउनुस् । पूर्ववतरुपमा इन्स्टल गरिएका एपहरुले कति ठाउँ ओगटिरहेका छन्, त्यसलाई पनि ख्याल राख्नुस् ।

माइक्रो एसडी कार्डमार्फत स्मार्टफोनको स्टोरेजको क्षमता बढाउने सकिने भए पनि बाहिरी मेमोरीकार्ड प्रयोग गर्नुभन्दा ठूलो आन्तरिक मेमोरी रोज्नु उपयुक्त हुन्छ ।

६४ वा १२८ जिबी आन्तरिक मेमोरी छनौट गर्नुपूर्व आफूलाई वास्तवमा आवश्यक मेमोरी कति हो भन्ने राम्ररी बिचार गर्नुस् । मुभी, म्युजिक, फाइल र एभी एप सेभ गर्नका लागि कम्प्युटरको हार्ड ड्राइभको रुपमा प्रयोग गरिरहनु भएको छ कि ? छैन भने ३२ जिबी आन्तरिक मेमोरीले पनि काम चल्न सक्छ ।

हार्ड ड्राइभको विकल्पमा पछिल्लो समयमा उपलब्ध क्लाउड सेवालाई पनि उपयोग गर्न सकिने विकल्प त छँदैछ । कम्तीमा २ जिबी र्‍याम र ३२ जिबी आन्तरिक मेमोरीलाई चाहिँ न्युनतम आधार बनाउन सक्नुहुन्छ ।

ब्याट्रीको आयु

स्मार्टफोनको छनौट गर्दा अर्को एउटा महत्वपुर्ण पक्ष ब्याट्रीको आयुको पनि हो । एमएएचको उच्च अङ्क हुनुसँग ब्याट्रीको आयुको खासै त्यति मतलब हुँदैन । चार्ज लामो समय टिक्नका लागि विभिन्न पक्षले काम गरिरहेको हुन्छ ।

जस्तो, उच्च रेजुलेशनले बढी ऊर्जा खपत गर्छ भन्ने कतिपयलाई लाग्न सक्छ, जब कि पछिल्ला प्रोसेसरले ब्याट्रीको आयु बढाउँछ । जसमा सुस्त र तीब्र चार्ज गर्ने प्रविधि पनि रहेको छ ।

एउटा मात्रै प्राविधिक विशेषता हेर्नुभन्दा डिभाइसमा यस्ता सबै कारकले समग्रमा कसरी काम गर्छ भन्ने मापदण्ड र त्यसको परिणाम थाहापाउन जरुरी छ । तैपनि न्यूनतम ३ हजार एमएएचको ब्याट्रीलाई एउटा आधारकाे रुपमा भने लिन सक्नुहुन्छ ।

क्यामेरा

स्मार्टफोन र ग्याजेट्सका प्रयोगकर्ताका लागि क्यामेराको गुणस्तर तथा फिचर एकदमै महत्वपुर्ण विषय हो । त्यसैअनुसार स्मार्टफोन निर्माता कम्पनीहरुले पनि क्यामेराको गुणस्तर बढाउन विशेष ध्यान दिइरहेका छन् ।

मेगापिक्सेलको अङ्क, हाइब्रिड अटो फोकस, अप्टिकल स्ट्याबलाइजेशन, म्यानुअल मोडल, विशेष इफेक्ट र सेल्फी विशेष फिचर डिजिटल क्यामेराका लागि महत्वपुर्ण पक्ष हुन् । विशेषतः देखाइएका प्राविधिक अङ्कमा धेरै विश्वास नगर्नुस् ।

मेगापिक्सेल मात्र बढी हुँदैमा गुणस्तरीय फोटो आउने होइन, एकीकृत सेन्सर, लेन्सको गुणस्तर, पिक्सेलको आकार आदिजस्ता धेरै पक्षमा ध्यान दिनुपर्ने हुन्छ । पसलमा हुनुहुन्छ भने मोबाइलको क्यामेरा एप्लिकेशन सुरु गर्न र सटको उज्यालोपन जाँच गर्न र सफ्टवेयर फिचरको बारेमा स्वयम् थाहा पाउन सक्नुहुन्छ ।

सफ्टवेयर तथा फिचर

के तपाईंलाई सबै किसिमका काम पूर्णताका साथ गर्नसक्ने फोनको आवश्यकता हो ? त्यसमा फिङ्गरप्रिन्ट सेन्सर, मुटुको धड्कन नाप्ने, यूभी सेन्सर, स्वीस आर्मि नाइफ, ब्याटमोबाइल लगायतका सबै फिचर पनि चाहनुहुन्छ ? त्यसो हो भने तपाईंको रोजाइको दायरा फराकिलो छ ।

पछिल्लो समय बजारमा आएका मध्यम श्रेणीका स्मार्टफोनहरुले त्यस किसिमको आवश्यकता पूर्ति गर्न सक्छन् । यद्यपि हार्डवेयर फिचरमा भर परेर आफ्ना लागि स्मार्टफोन छनौटको दायरा सीमित पार्नु भने राम्रो होइन । त्यसका लागि डिस्प्ले अन गरेर फोनमा भएका भित्री सफ्टवेयर फिचरहरु हेर्नुहाेस् ।

बेलाबखत बालबालिकालाई आफ्नो ग्याजेट दिने गर्नुभएको छ भने ‘गेस्ट मुड’ वा ‘प्यारेन्टल कन्ट्राेल’ फिचरको सुनिश्चितता गर्न पनि नबिर्सिनुस् । एन्ड्रोइडमै ई-बुक पढ्ने बानी छ भने डिस्प्लेको रङ्ग मिलाउने विकल्प छ कि छैन हेर्नुहाेस् । त्यसले आँखाको सुरक्षाका लागि केही सहयोग पुर्‍याउन सक्छ । त्यसैले बाहिरी बनावट र डिभाइसको फिचर सामान्य किसिमले नियाल्नेमा मात्रै सीमित हुनुहँदैन ।

मूल्य

संभवतः आफूसँग स्मार्टफोन खरिदका लागि सीमित रकम मात्रै छ भने, त्यो नै खरिद गर्न लागिएको मोबाइलको मूल्यको लागि पहिलो आधार हो ।

आफ्नो भएभरको सबै तलब प्रयोग गर्ने कि केही सस्तो, तर समानान्तर रुपमा आवश्यकता पूर्ति गर्ने अर्को कुनै सेट किन्ने व्यक्तिगत रोजाइको कुरा हो । तर, सबैजसो रेन्जमा रहेका केही डिभाइस अन्यको तुलनामा उत्तम हुन सक्छन् भन्नेतर्फ चाहिँ विचार गर्न नभुल्नुहाेस् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार