भाद्र २९, २०८३ सोमबार September 14, 2026

महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने चन्द्र ढकालको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा उनले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
‘बाग्लुङ उद्योग वाणिज्य संघले मलाई बरिष्ठ उपाध्यक्ष पदमा प्रस्ताव गर्‍यो, महासंघका थुप्रै केन्द्रीय सदस्यहरु पनि कार्यक्रममा उपस्थित भएरै प्रस्ताव गर्नुभयो,’ ढकालले भने,’साथीहरुको प्रस्तावको समर्थन गर्दै मैले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुँ ।’

बाग्लुङ ढकालको गृह जिल्ला पनि हो । ढकाल यसअघि देखि नै महासंघको बरिष्ठ उपाध्यक्षमा बलियो दावेदारको रुपमा हेरिएका थिए ।

हालको विधान अनुसार महासंघको बरष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अब हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् । यसै वर्ष यो व्यवस्थासहित विधान संशोधन गर्ने तयारी भएपनि सहमतिमा सो प्रक्रिया रोकेर गोल्छालाई अध्यक्ष बनाइँदैछ ।

यही व्यवस्थाका कारण महासंघको बरिष्ठ उपाध्यक्षमा हुने चुनावी भीडन्त भावी अध्यक्षका रुपमै हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया