श्रावण २५, २०८३ सोमबार August 10, 2026

अब स्क्रिन बन्द हुदाँपनि युट्युबमा गीत सुन्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युट्युबले मोबाइलको स्क्रिन बन्द हुँदा अथवा मोबाइलमा अन्य काम गर्दापनि गीत सुन्न सकिने फिचर उपलब्ध गराउने भएको छ । नोभेम्बर ३ देखि पहिलो चरणमा क्यानाडामा यसको परिक्षण हुने भएको छ । यो सँगै युट्युब म्युजिक सुन्दा मोबाइलमा अरु काम गर्न नपाइने झन्झटको अन्त्य हुने भएको छ ।

हाल युट्युब म्युजिक सुन्दै गर्दा अरु कुनै एप चलाउनु पर्दा युट्युब बन्द गर्नुपर्ने हुन्छ । सोही समस्यालाई समाधान गर्ने उद्देश्यका साथ कम्पनीले यो कदम चालेको हो । नयाँ फिचर सँगै मोबाइलको स्क्रिन बन्द हुँदा समेत युट्युब म्युजिक भने चलिरहने छ ।

ब्याकग्राउन्ड युट्युब म्युजिकले स्ट्यान्डर्ड एड, पर्सनालाइज्ड रेडियो मिक्स र आफ्नो युट्युब अकाउन्टमा अपलोड गरिएका कन्टेन्ट सबै सपोर्ट गर्नेछ । यो फिचर प्रिमियम सब्स्क्रिप्सन बिना नै प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ ।

यसअघि युट्युब म्युजिकमा आउने सबै नयाँ फिचरका लागि युट्युब प्रिमियम सब्स्क्रिप्सन लिनु पर्ने वाध्यता थियो । तर ब्याकग्राउन्ड युट्युब म्युजिक भने सबै प्रयोगकर्तालाई उपलब्ध हुने उल्लेख छ ।

क्यानडा बाहेक अन्य देशका प्रयोगकर्तामाझ पनि यो फिचर चाँडै उपलब्ध हुने अनुमान गरिएको छ । ब्याकग्राउन्ड म्युजिक फिचर सँगै युट्युब म्युजिक स्पोटीफाई, एप्पल म्युजिक, प्यान्डोरा, टिडल जस्ता सबै कम्पनीका लागि चुनौती हुने देखिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार