मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

टी-२० विश्वकप क्रिकेट: अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर १२ चरणका खेल आजदेखि सुरु हुने भएका छन्। युएई र ओमानमा जारी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

आबुधाबीमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने छ ।

आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुने छन्। यस्तै, दोस्रो खेलमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। हेड टु हेड खेलहरूमा दुई टोली २१ पटक भिडेका छन् जसमा अस्ट्रेलियाले १३ र दक्षिण अफ्रिकाले ८ खेलमा जीत हासिल गरेका छन् ।

आज नै समूहको दोस्रो खेलमा साँझ वेष्ट इन्डिज र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्ने छन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ। एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्ड जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ। साविक विजेता समेत रहेको वेस्ट इन्डिज पनि इंग्ल्यान्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन्। यस्तै, ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार