श्रावण २७, २०८३ बुधबार August 12, 2026

कति जीबी र्‍याम भएको स्मार्टफोन रोज्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईं नयाँ स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने कति जीबी वाला र्‍याम भएको फोन खरिद गर्ने भन्ने बारेमा पक्कै सोच्नुहुन्छ । २ जीबी, ३ जीबी, ४ जीबी, ६ कति जीबी, ८ जीबी वा १२ जीबी र्‍याम भएको स्मार्टफोनमध्षे कुन रोज्ने ?

बजारमा १६ जीबी र १८ जीबी र्‍याम भएका स्मार्टफोनसमेत सार्वजनिक भइसकेका छन् । त्यतिमात्रै होइन पछिल्लो स्मार्टफोनमा त भर्चुअल माध्यमबाट र्‍याम थप्न मिल्ने सुविधा समेत आएको छ ।

के तपाईंले कति जीबी र्‍याम भएको स्मार्टफोन आफ्नो लागि उपयुक्त हुन्छ भन्ने बारेमा सोच्नु भएको छ ? आज हामी कति जीबी र्‍याम भएको स्मार्टफोन तपाईंका लागि उपयुक्त हुन्छ भन्ने बारेमा बताउँदै छौं ।

तपाईंले कति जीबीको र्‍याम आफ्नो लागि उपयुक्त हुन्छ भन्ने जान्नु भन्दा अगाडि र्‍याम के हो भन्ने बारेमा बुझ्न जरुरी छ । र्‍याण्डम एक्सेस मेमोरीलाई हामी छोटकरीमा र्‍याम भनेर बुझ्दछौं ।

यसलाई सजिलोसँग बुझ्ने हो भने यो एक प्रकारको अस्थायी रुपमा डेटा स्टोर गर्ने मेमोरी हो । यसले जब तपाईंको फोनमा कुनै एप वा वेब रन हुन्छ, त्यसको डेटा यसले अस्थायी रुपमा स्टोर गरेर राख्दछ ।

ता कि उक्त एप्लिकेसनलाई फास्ट प्रयोग तथा एक्सेस गर्न सकियोस् । यदि तपाईं फोनमा एकसाथ धेरै एप्लिकेसन प्रयोग गर्नुहुन्छ र एउटा एप्लिकेसनबाट अर्कोमा फास्ट सिफ्ट हुन चाहनुहुन्छ भने यो सबै काम र्‍यामकै कारण सम्भव वा असम्भव हुन्छ ।

यसको अर्थ तपाईंले जसै आफ्नो स्मार्टफोनमा कुनै एप अन गर्नुहुन्छ, तत्कालै उक्त एप्लिकेसन र्‍याममा लोड हुने गर्दछ । यस्तो एप र्‍याममा त्यतिखेरसम्म रहन्छ, जबसम्म तपाईं उक्त एपलाई बन्द गर्नुहुन्न वा फोनलाई रिस्टार्ट गर्नुहुन्न ।

यसअर्थ सामान्य रुपमा बुझ्दा र्‍याममा एप्लिकेसनको डेटा अस्थायी रुपमा स्टोर हुने गर्दछ । यो एक प्रकारको अस्थायी स्टोरेजका लागि उपयोग हुने मेमोरी हो ।

यदि तपाईंले स्मार्टफोनको इतिहास केलाउनुभयो भने १२८ एमबी, ५१२ एमबी, १ जीबी र २ जीबीको र्‍याम हुने गर्दथ्यो । यदि तपाईंले ती दिन सम्झिनु भएको छ भने त्यतिखेर आउने एप्लिकेसनहरु पनि निकै हलुका आकारका हुने गर्दथे ।

समय बदलिँदै गएसँगै प्रविधि पनि विकास हुँदै गयो । र्‍यामको क्षमता बढ्दै गयो । एपहरु अपग्रेड हुँदै गए । पहिले हलुका एप हुने गर्दथे, अब त्यही ठाउँमा भारी एपहरु आउन थालेका छन् ।

तपाईंले ख्याल गर्नुभयो भने आजकलका एपहरु ५० एमबी, सय एमबी, ५०० एमबीका हुने गर्दछन् । अझ गेमहरु हेर्नुभयो भने त झन् एक जीबी, १.५ जीबी र २ जीबी आकारका हुने गर्दछन् ।

जब कि यी एपहरु सुरुवाति दिनमा केही केबी अथवा एमबी साइजमा हुने गर्दथे । यसरी समयसँगै सबैकुरा बदलिँदै गएको छ ।

त्यसैले अहिलेको समयमा तपाईंले स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने कमसेकम ४ जीबी र्‍याम त हुन जरुरी छ । स्मार्टफोन उद्योगमा ४ जीबी र्‍याम एउटा स्ट्याण्डर्डको रुपमा स्थापित हुँदै गएको छ ।

त्यसैले स्मार्टफोन निर्माता कम्पनीहरु पनि कम्तिमा ४ जीबी र्‍याम भएका स्मार्टफोनहरु ल्याउनेतर्फ जोड दिइरहेका छन् । ता कि एपहरु सहजै ओपन गर्न सकियोस् ।

प्रयोगकर्ताले सहजै मल्टी टास्किङ अर्थात एकसाथ फोनमा दुई वा दुई भन्दा बढी एपहरु प्रयोग गर्न सकुन् । अझ अर्को कुरा गेमिङका लागि प्रयोग गर्न चाहन्छन् भने सामान्य रुपमा त्यसलाई पनि खेल्न सकुन् ।

यसबाट सामान्य प्रयोगकर्ताको अनुभव नराम्रो नहोस् भन्नेतर्फ स्मार्टफोन निर्माता कम्पनीको ध्यान गइरहेको हुन्छ । चाहे त्यो सामान्य एप प्रयोग गर्ने कुरा होस् ।

यदि तपाईंले ख्याल गर्नुभएको छ भने स्मार्टफोन निर्माता कम्पनीले एउटै स्मार्टफोनलाई अलग अलग र्‍याम भेरियन्टका साथ बजारमा ल्याइरहेका हुन्छन् । ता कि प्रयोगकर्ताहरु आफ्नो आवश्यकता र मागको आधारमा आफ्ना लागि उपयुक्त विकल्प छनौट गर्न सकुन् ।

यदि तपाईंले इन्ट्री लेभलका वा भनौं दश हजार आसपासका मोबाइलहरु हेर्नु भयो भने त्यस्ता फोनहरुमा २ जीबी वा ३ जीबी र्‍याम रहेको हुन्छ । र्‍यामको यो आकार त्यस्ता प्रयोगकर्ताका लागि उपयुक्त मानिन्छ, जो फिचर वा बारफोनबाट स्मार्टफोनमा शिफ्ट भइरहेका हुन्छन् ।

उदाहरणका लागि तपाईंका बुबा, आमा वा हजुर आमा तथा हजुर बुबा हुनसक्नुहुन्छ । उहाँहरुका लागि यी स्मार्टफोन उपयुक्त मानिन्छन् ।

यी फोनहरु सामाजिक सञ्जाल, ह्वाट्सएप, युट्युव आदिका लागि पर्याप्त हुन्छन् । तर यहाँनिर हामी तपाईंलाई २ जीबी र्‍यामयुक्त स्मार्टफोन सकेसम्म प्रयोग नगर्न सुझाव दिन्छौं ।

किनभने यस्ता फोनहरुले ह्याङ भएर तपाईंलाई दिक्क पार्न सक्छन् । इन्ट्री लेभलकै स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने कम्तिमा ३ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

२ जीबी र्‍यामलाई बिर्सिदिनुहोस् । यदि तपाईं स्मार्टफोनमा फेसबुक, युट्युव, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता एप्लिकेसनका साथै सामान्य किसिमका गेमिङ एप प्रयोग गर्न चाहुनुहुन्छ भने आजको समयमा कम्तिमा ४ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

तर तपाईं सामान्य गेमिङभन्दा माथि अर्थात हेभी गेमिङ गर्न चाहनुहुन्छ अथवा भनौं तपाईंलाई गेमिङको निकै शौख छ र एक जीबी/डेढ जीबी साइजका गेम खेल्नुहुन्छ भने फोनमा कमसे कम छ जीबीको र्‍याम हुन जरुरी छ ।

यदि तपाईं त्यसभन्दा पनि झन् हार्डकोर गेमिङमा रुची राख्नुहुन्छ भने तपाईंको रोजाई गेमिङ स्मार्टफोन नै हो । त्यस्तो अवस्थामा ८ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्ने कोसिस गर्नुहोस् ।

तर कुनै पनि स्मार्टफोनमा र्‍याम मात्रै महत्वपूर्ण र पर्याप्त हिस्सा होइन । अर्थात ठूलो आकारको र्‍याम हुँदैमा मात्र तपाईंले स्मार्टफोनमा फास्ट पर्फर्मेन्स अनुभव गर्न पाउनुहुन्छ भन्ने ग्यारेन्टी छैन ।

त्यसैले तपाईंको फोनमा र्‍यामका अलावा तपाईंको फोनमा पावरफुल प्रोसेसर र अप्टिमाइजेसन समेत हुन जरुरी छ । यी सबैको संयोजनबाटै तपाईंलाई फोनमा राम्रो पर्फर्मेन्स अनुभूत गर्ने मौका मिल्ने गर्दछ ।

उदाहरणको रुपमा यहाँनिर आईफोनलाई नै हेरौं । आईफोनमा ३ वा ४ जीबी र्‍यामको प्रयोग गरिएको हुन्छ । तर यस्ता आईफोनले पर्फर्मेन्सको मामिलामा १० वा १२ जीबी र्‍याम भएका एन्ड्रोइड फोनलाई टक्कर दिने क्षमता राख्दछन् । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार