असोज ६, २०८३ मंगलबार September 22, 2026

नेशनल कलेजले फेरि असुल्यो विद्यार्थीसँग अतिरिक्त शुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग फेरि अतिरिक्त शुल्क असुलेको खुलेको छ।

मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने भन्दै कलेजले अतिरिक्त शुल्क मागेको नेशनल कलजेमा अध्यनरत एक विद्यार्थीले बताएका छन।, ‘हामी हरेक ब्याचका विद्यार्थीले आइओएममा पुरा शुल्क तिरे पनि कलेजले अतिरिक्त शुल्क मागेको छ,’ १८ औ ब्याचका एक विद्यार्थीले भने, ‘परीक्षा फर्म भर्न नदिने भनेर जबरजस्ती गर्न थालेपछि केही विद्यार्थीले अतिरिक्त शुल्क तिरे भने कतिले तिरेका छैनन्।’
उनका अनुसार कलेजले पुस्तकालय, ल्याब, प्रमोशनलगायत ८ वटा शीर्षकमा गरी चार लाख ६१ हजार ८ सय शुल्क असुलेको छ। कलेजले सरकारसँगको सम्झौता उल्लघंन गरेपछि उनीहरु चिकित्सा शिक्षा आयोगमा उजुरी दिन आएका थिए। तर, आयोगले उजुरी दर्ता गर्न मानेन्। नेशनल कलजेका सञ्चालक बसुरद्दिन अन्सारी आयोगका सदस्य छन्।

गत मंसिर २० गते निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच शुल्क फिर्ता गर्ने सहमति भएको थियो। सरकारसँग सहमति गरेपछि कलेजले २३ गते विद्यार्थीसँग चार बुँदे सहमति गर्‍यो । शैक्षिक वर्ष २०७५/७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन , होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति भएको थियो।

तर, त्यो सहमति तोड्दै कलेजले फेरि अतिरिक्त शुल्क असुल्न थालेको छ।

वीरगञ्जको नेशनल कलेजले यसअघि भर्ना भएका १ सय जनाबाटै ५५ लाख भन्दा माथि असुलेको तथ्य बाहिरिएको थियो। उक्त कलेजलाई राजश्व छलीको समेत आरोप लागेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार