श्रावण २६, २०८३ मंगलबार August 11, 2026

क्यूआर कोड फिचर सहित लेआउट र डिजाइनान बनेको राष्ट्रिय परिचयपत्र बितरण गर्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले आगामी दुई महिनामा नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी थालेको छ । यसका लागि फ्रान्सेली कम्पनी आईडीमियाले स्मार्ट कार्ड छपाइको प्रक्रिया सुरु गर्न लागेको छ ।

यसअघि राष्ट्रिय परिचयपत्रको पाइलट प्रोजेक्टको जिम्मा पनि आईडीमियालाई नै दिइएको थियो । सो परियोजनाअन्तर्गत एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका इन्जिनियर ज्ञानेश्वर बोहोराले विभागको राष्ट्रिय प्रणालीमा दर्ता भएका व्यक्तिहरुलाई आउँदो डिसेम्बर वा जनवरीदेखि परिचयपत्र वितरण गर्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म विभिन्न जिल्ला गरी ३५ लाख बढीको विवरण संकलन भएको छ । नयाँ कार्डमा क्यूआर कोड फिचर सहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने उनले बताए ।

राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरणबाहेक अनुहार (फोटो), दश ओटै औंलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ ।

यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुवैरुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश हुने जनाइएकाे छ ।

एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुवास ढकाल बताउँछन् । अहिलेको कागजी प्रणालीमा भने यस किसिमको पद्धति संभव छैन ।

‘अहिलेको नागरिकतामा जस्तो अनुहार मिल्ने, केही वर्षपछि व्यक्तिको अनुहार परिवर्तन हुने हुँदा झुक्याउने सम्भावना यसमा रहँदैन,’ ढकालले भने । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार