श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

दक्षिण भारतका सुपरस्टार पुनीत राजकुमारको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साउथ सुपरस्टार पुनीत राजकुमारको ४९ वर्षको उमेरमा निधन भएको छ। उनलाई हृदयघात भएपछि शुक्रबार बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन्।

उनी दक्षिण भारतका सुपरस्टारका रुपमा चिनिन्छन्। पुनीत स्वर्गीय अभिनेता राजकुमारका छोरा हुन्। उनका प्रशंसकहरुबीच उनी ‘अप्पू’ नामबाट चर्चित छन्।

चर्चित टिभी प्रस्तोता पुनीतले बाल कलाकारको भूमिकाबाट आफ्नो करिअरको सुरुआत गरेका थिए। उनको नाम कन्नड फिल्म जगतमा सबैभन्न्दा धेरै कमाइ गर्ने अभिनेताको सूचीमा आउने गर्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया