कार्तिक ८, २०८३ आइतबार October 25, 2026

‘परदेशी २’मा प्रकाश सपुत हिरो, भन्छन्–‘राम्रो कथाले तान्यो’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

‘बोल माया, गलबन्दी’ जस्ता सफल गीतका गायक प्रकाश सपुतलाई अब भने ठुलो पर्दामा दर्शकले हेर्न पाउने भएका छन् । वि.सं २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’को दोस्रो सिरिज ‘परदेशी २’बाट उनले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् ।

नारायण रायमाझीले निर्देशन गर्ने यो चलचित्रको लागि प्रकाशसँग कागजी सम्झौता भइसकेको छ । प्रकाश सपुत आफ्नो रुचिको विषय भएकाले चलचित्रमा काम गर्न लागेको बताउँछन् । उनले भने–‘चलचित्रमा काम गर्ने मेरो सानै उमेर देखिको रहर हो । तर, रहर भन्दैमा आफ्नो अहिले भइरहेको करिअरलाई असर पर्ने गरि काम भने गर्ने छैन ।’

‘दोहोरी ब्याटल’ हिट भएसँगै प्रकाशलाई धेरै चलचिबाट अफर आएका थिए । ‘बोल माया र गलबन्दी’को सफलताले उनलाई चलचित्र मेकिङको पनि अफर नआएको होइन । तर, आफूलाई मन पर्ने चलचित्र नपाएपछि उनी पछि हटेका थिए । प्रकाश भन्छन्–‘यो चलचित्रमा भने टिम पनि राम्रो हुनुहुन्छ । चलचित्रको विषयबस्तु पनि राम्रो छ । त्यसैले काम गर्न तयार भएको हुँ ।’

‘परदेशी २’ ले वैदेशिक रोजगारमा लागेका युवाहरुको कथा भन्नेछ । चलचित्रको अहिले कथामा काम भैरहेको छ । चलचित्रको लागि नायिकाको खोजी भने भैरहेको छ । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षले लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार