वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

टी-ट्‍वान्टी विश्वकप क्रिकेट: नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जारी टी-ट्‍वान्टी विश्वकप क्रिकेट २०२१ अन्तर्गत पाकिस्तानले नामिबियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा सुपर बाह्रको समूहमा दुईमा रहेको पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै लगातार चौथो जीत निकाल्न सफल भएको हो ।

सेख जायद स्टेडियम अबुधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा दुई विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

पाकिस्तानी ओपनरद्वय मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहेभने कप्तान बाबर आजमले ७० रनको योगदान दिए । त्यसैगरी महम्मद हफिज पनि ३२ रनमा अविजित रहे ।

जीतका लागि १९० रनको विजय लक्ष्य पछ्याएको नामिबिया २० ओभरमा पाँच विकेट गुमाउँदै १४४ रनमा समेटिएको थियो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे ।

पाकिस्तानको यो पाँचौ पटकको सेमिफाइनल यात्रा हो । पाकिस्तानले २००९ को विश्वकप फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै उपाधी हात पारेको थियो ।

यसैगरी हिजो सम्पन्न पहिलो खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको फराकिलो जीत हात पारेको छ ।

टी-ट्‍वान्टी विश्वकपमा आज दुई महत्वपूर्ण खेलमा खेलिंदैछन् । पहिलो खेल न्युजिल्याण्ड र स्कटल्याण्डबीच ३.४५ बजे खेलिंदैछ भने दोस्रो खेल भारत र अफगनिस्तानबीच साँझ ७.४५ बजे प्रतिस्पर्धा हुँदैछ । आजको खेलले भारतको विश्वकप यात्राको अगाडीको बाटो टुङ्गो लगाउनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया