मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेश प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विश्व कप छनोटको तयारीका लागि बंगलादेश प्रस्थान गरेको छ । महिला टोलीले नोभेम्बर ४ देखि ११ सम्म बंगलादेशमा अभ्यास खेल खेल्ने बताइएको छ ।

नेपाली टोलीमा १८ जना खेलाडी रहेका छन् । साथै, प्रशिक्षक जगत टमाटा र व्यवस्थापक जयन्ती भट्टसमेत टोलीमा रहेका छन् ।

टोलीमा कप्तान रुविना क्षेत्री, डली भट्ट, सीता राना मगर, इन्दु बर्मा, करुणा भण्डारी,ज्योती पाण्डे, सरिता मगर,सरस्वती चौधरी,काजल श्रेष्ठ,सवनम राई, कविता कुँवर, अप्सरी बेगम,कविता जोशी,संगिता राई,सरस्वती जिएम, रोमा थापा, अस्मिता कर्मचार्य र ममता चौधरी रहेका छन् ।

टोलीले विश्व कप छनोटको तयारीस्वरुप बंगलादेशसँग ४ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । नेपालले नोभेम्बर १९ देखि २९ सम्म युएईमा सञ्चालन हुने महिला विश्वकप छनोटको खेल खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार