असार २३, २०८२ सोमबार July 7, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्न विभिन्न काम भइरहेका छन् । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् । बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन् । यस्तै विमानस्थलको टर्मिनलका अधिकतम् भागमा कलात्मक मूीर्त र काष्ठकलाका सामाग्री राखेर सजाइँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया