भाद्र २८, २०८३ आइतबार September 13, 2026

पैसा कमाउने सुत्र : यसरी कमाउनुहोस् पैसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुुहुन्छ रु पैसा बचाउनु पनि पैसा कमाउनु नै हो । आफूलाई चाहिने कुरा मात्र किन्नुस् । जे किन्दा पनि अत्यन्त आवश्यक छन् कि छैनन् भनी विचार गर्नुपर्छ । केही नयाँ कुरा सिक्नुस् । आफूसँग भएका क्षमता तिखार्नुस् । यसरी नयाँ कुरा सिकेपछि तपाईंले पैसा पनि कमाउन सक्नुहुन्छ । मानौं तपाईंले चित्रकला सिक्नुभयो रे, त्यो बेचेर पैसा आउँछ नि ।

आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ । आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि । घरमा भएका पुराना सामान बेचिदिनुस् । घर भरिने गरी सामान थुपार्नुको के अर्थ रु सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने । कमाइभन्दा कम खर्च गर्नुस् । आमदानी अठन्नी, खर्चा रुपैयाँ गरेर काम छैन । अनलाइन शपिङ गर्नुभयो भने छुटको कूपन र सेलमा सामान किन्नतिर जोड दिनुस् ।

क्रेडिट कार्डको लत जति छिटो छुट्यो, त्यति राम्रो । वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस् । दिनदिनै लटरी टिकट किन्नुस् । के थाहा, कुनै दिन तपाईंको पनि नम्बर लागेर टन्न पैसा आइहाल्छ कि ? एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार