मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

लियोनल मेस्सीले बालोन ‘डी’ ओर अवार्ड जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले बालोन ‘डी’ ओर अवार्ड जितेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सीले सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन ‘डी’ ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले गएराति विशेष समारोहकाबीच मेस्सीलाई बालोन ‘डी’ ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन्।

योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन ‘डी’ ओर अवार्ड प्राप्त गरेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे ।

मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

महिलातर्फको बालोन ‘डी’ ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर’ प्राप्त गरेका छन् । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार