बैसाख २७, २०८३ आइतबार May 10, 2026

बिएण्डसी अस्पताल सम्बन्धनका लागि आफुुसँग वीस करोड घुस मागेको दुर्गा प्रसाँइको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रस्तावित बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् ।

झापामा रहेको बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका विषयमा बुधबार प्रसाँइले पत्रकार सम्मेलन उपाध्यक्ष गिरीमाथि वीस करोड रुपैयाँ घुस मागेको आरोप लगाएका हुन् ।

उपाध्यक्ष गिरिले बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा मंसिर १५ गते आफूसँग २० करोड घुस मागेको प्रसाईंले आरोप लगाएका छन् । आफूभन्दा माथि बसेकालाई पनि रकम बुझाउनुपर्ने भन्दै गिरीले आफूसँग घुस मागेको प्रसाईंको दाबी छ ।

साथै गिरिले २० करोड दिन नसकेकै कारण प्रस्तावित बिएण्डसी मेडिकल कलेजको सम्बन्धनको निवेदन आयोगमा दर्ता नै नभएको समेत प्रसाँइले बताए । रकम दिन नसके आफन्तको नाममा दश प्रतिशत शेयर दिन गिरीले आफूसँग प्रस्ताव समेत गरेको उनले पत्रकार सम्मेलनमा बताए।

प्रसाईंले सो रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको र घुसको प्रस्ताव पूरा नभएपछि बिएण्डसीको सम्बन्धनको निवेदननै रोकेको दाबी गरेका हुन् ।

यता, उपाध्यक्ष गिरीले आफूले घुस नमागेको दावी गर्दै प्रसाईंले सम्बन्धनका लागि ठाडो निवेदन लिएर आयोगमा आएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार