काठमाण्डौंः गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीको शब्द तथा मिलनकै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ रिलिज गरिएको छ । डान्सिङ नम्बरकोे यो गीतका गायक अर्याल र गीतकार रेग्मी दुबै इन्जिनियर हुन् ।
यो गीतको भिडिओमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको डान्स हेर्न सकिन्छ । गीतको भिडिओेलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडिओमा सुबोल थापाको कोरियोेग्राफी, वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडिओमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया