कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दुर्लभ जेठामनकाे ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साहित्य तथा संगीत स्रष्टा दुर्लभ जेठामन (हिरनकुमार राई)को लोकभाका ‘जोवन बैना देऊ’ बोलको लोकभाका सार्वजनिक भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ ताम्लिछा प्याखोलाका दुर्लभ जेठामनले पश्चिमेली कौडा लोकभाकाको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

कौडा लोकभाकाको म्युजिक भिडियो काठमाडाैंमा आयोजित कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)ले विमोचन गरेका छन् । पृथक् स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतमा दुर्लभ जेठामन र ‘द भ्वाइस अफ नेपाल सिजन-३’को उपविजेता तारा श्रीष मगरको स्वर छ । कुमारी बाँठा मगर (मनु)ले लेखेको गीतमा स्वयं गायक दुर्लभ जेठामनको संगीत समेटिएको छ ।

म्युजिक भिडियोमा अनुप राना, प्रिया घर्ती मगर र अञ्जली गुरुङको अभिनय देख्न सकिन्छ । निम संगीतको एरेञ्ज र केशु पुन मगरको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो । गीतका लागि एड्भेञ्चर इन्टरटेनमेन्टले दृश्यानिर्माण, दुर्गा पौडेलको छायांकन र नवीन घर्ती मगरको सम्पादन छ ।

म्युजिक भिडियो विमोचनका क्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाले पूर्वेली संस्कार र संस्कृतिमा हुर्किएका दुर्लभ जेठामनले जोखिम मोलेर पश्चिमेली लोकभाका कौडाको गीत तयार पारेको प्रतिक्रिया दिए । दुई दशकदेखि साहित्यमा दुर्लभ जेठामनले परिचित राई गीत, संगीत र गायनमा पनि उत्तिकै क्रियाशील छन् । -न्यूज कारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार