काठमाडौंः नयाँ नयाँ न्युज नेपालको प्रस्तुति रहेको ´म जिउन सक्दिन` बोलको गीत सार्वजनिक भएको छ। ॐ सुनारको शब्द एवम् संगित रहेको यस गीतमा प्रबिशा अधिकारी र सिडि बिजय अधिकारीको स्वर दिएका छन्।
चर्चित युटुबर शिशिर भण्डारी, गायक एवम् मोडेल निरायु गौतम र नव मोडेल अदिती खरेलको अभिनय देख्न सकिन्छ।
उक्त गितको भिडियोलाई संतोष राजबाहकले निर्देशन,ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन र दिनषन शाहले सम्पादन गरेका छन् ।
गीतको भिडियोलाई कालिन्चोक र पाँचखालका रमणिय दृश्यहरुमा छायांकन गरिएको छ।-न्यूज अभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया