जेठ ७, २०८१ सोमबार May 20, 2024

सकसमा नेकपा : एमसीसी र सभामुख अझै अनिर्णीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रमुख मुद्दामा सहमति जुटाउन सकस परिरहेकै बेला बहुमत सचिवालय सदस्यहरूले छुट्टै भेला गरेका छन् ।

नेकपामा सभामुख उम्मेदवार, अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगायत मुद्दामा किचलो भए पनि शीर्ष नेताहरूको छुट्टै भेलाले झन् समस्या बढाएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावलले गौतम निवाशमा छुट्टै भेला गरेका हुन् ।

गौतम निवासमा भएको बैठकमा सचिवालयका बहुमत सदस्य सहभागी थिए । नौमध्ये पाँच जना सचिवालय सदस्य सहभागी थिए । स्थायी कमिटीबाट रावल मात्रै सहभागी थिए । ओली समूहबाहेकका नेताहरूको छुट्टै बैठकले प्रधानमन्त्री सशंकित भएका छन् ।

नेकपाभित्र सभामुखको उम्मेदवार र एमसीसी सम्झौतालाई लिएर तीव्र विवाद छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच यी विषयमा सहमति जुट्न सकेको छैन ।

नेकपामा सभामुखका लागि स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसाल र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले दाबी गर्दै आएका छन् । तर, ओली नेम्वाङको पक्षमा र दाहाल सापकोटाको पक्षमा उभिएपछि कुनै निर्णय हुन नसकेको नेकपा स्रोतले जनाएको छ । राजधानी दैनिकमा प्रकाशित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया