श्रावण १४, २०८३ बिहिबार July 30, 2026

सकसमा नेकपा : एमसीसी र सभामुख अझै अनिर्णीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रमुख मुद्दामा सहमति जुटाउन सकस परिरहेकै बेला बहुमत सचिवालय सदस्यहरूले छुट्टै भेला गरेका छन् ।

नेकपामा सभामुख उम्मेदवार, अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगायत मुद्दामा किचलो भए पनि शीर्ष नेताहरूको छुट्टै भेलाले झन् समस्या बढाएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावलले गौतम निवाशमा छुट्टै भेला गरेका हुन् ।

गौतम निवासमा भएको बैठकमा सचिवालयका बहुमत सदस्य सहभागी थिए । नौमध्ये पाँच जना सचिवालय सदस्य सहभागी थिए । स्थायी कमिटीबाट रावल मात्रै सहभागी थिए । ओली समूहबाहेकका नेताहरूको छुट्टै बैठकले प्रधानमन्त्री सशंकित भएका छन् ।

नेकपाभित्र सभामुखको उम्मेदवार र एमसीसी सम्झौतालाई लिएर तीव्र विवाद छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच यी विषयमा सहमति जुट्न सकेको छैन ।

नेकपामा सभामुखका लागि स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसाल र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले दाबी गर्दै आएका छन् । तर, ओली नेम्वाङको पक्षमा र दाहाल सापकोटाको पक्षमा उभिएपछि कुनै निर्णय हुन नसकेको नेकपा स्रोतले जनाएको छ । राजधानी दैनिकमा प्रकाशित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार