जेठ ७, २०८१ सोमबार May 20, 2024

प्रधानमन्त्रीले खुवाए प्रमुख सूचना आयुक्तलाइ पद तथा गोपनियताको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय सूचना आयोगका आयुक्तत्रयले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

सोही अवसरमा नवनियुक्त अध्यक्ष गुरुङले प्रधानमन्त्रीको उपस्थितिमा नवनियुक्त आयुक्तद्धय रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई पनि शपथग्रहण गराएका छन्।

प्रमुख आयुक्त गुरुङ पूर्वसञ्चार सचिव हुन्। आयोगका सदस्य मैनाली अढाई दशकदेखि पत्रकारितामा संलग्न छन् । त्यस्तै सदस्य ओली बालतृष्णा मासिकको सम्पादक/प्रकाशक हुन् । अधिवक्तासमेत रहेकी ओली दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता सक्रिय छन् । अन्नपूर्ण पाेष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया