कार्तिक ११, २०८३ बुधबार October 28, 2026

मङ्सिर २४ देखि ‘शालग्राम भजन महोत्सव’ हुँदैः ५० समूहलाई सहभागी गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि बागलुङमा आयोजना गरिएको ‘शालग्राम भजन महोत्सव’मा ५० समूहलाई सहभागी गराइने भएको छ ।

पुरानो संस्कृतिका रुपमा रहेको लोक भजन जोगाउनका लागि आयोजना गरिएको भजन महोत्सवमा ५० समूहबाट भजन प्रदर्शन गराइने भजन महोत्सव आयोजक संस्थाले जनाएको छ । यही मङ्सिर २४ देखि २८ गतेसम्म आयोजना गर्न लागिएको भजन महोत्सवको सबै तयारी पूरा भएको जनाइएको छ ।

बागलुङ नगरपालिका–४ कुडुँलेस्थित श्रीधरआचार्य शालग्राम सङ्ग्रहालयमा प्रथम शालग्राम भजन महोत्सव आयोजना गरिएको छ । तिरुपती बालाजीधाम तथा शालाग्राम सङ्ग्रहालयको आयोजनामा गर्न थािलएको भजन महोत्सवमा देशभरबाट ५० समूहले सहभागिता जनाउने भजन महोत्सव मूल आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।

“हामी निरन्तर भजन समूहको सम्पर्कमा छौँ, ५० भन्दा बढी समूहले आउने कुरा गर्नुभएको छ, हालसम्म २५ समूहले सहभागी हुने निधो दिइसक्नुभएको छ”, खड्काले भन्नुभयो, “भजन प्रदर्शन गर्ने सबै सहभागीलाई यातयात खर्च उपलब्ध गराइनेछ, यो नितान्त प्रतियोगिता नभएर प्रदर्शनी हो, यहाँको शालग्रामको महिमा बढाउन हो ।”

अहिले सङ्ग्रहालय आसपासका क्षेत्र सजाउने, प्रचारप्रसार गर्ने र मोटरसाइकल ¥याली गने काम भइरहेको छ । महोत्सव सफल पार्न २५१ सदस्यीय मूल आयोजक समिति, ११ उपसमिति गठन गरेर काम भइरहेको छ । धार्मिक पर्यटक आर्कषण गर्नका लागि भजन महोत्सव आयोजना गरिएको शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो । प्रतियोगितामा प्रतिस्पर्धा हुने भएकाले खुलारुपमा भजन आयोजना गरिएको उहाँको भनाइ छ । शालग्राम सङ्ग्रहालय दुई वर्षदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

यसअघि भजन प्रतियोगिता आयोजना गरे पनि प्रतियोगिताले सबैलाई समेट्न नसकेकाले महोत्सव आयोजना गरिएको भजन महोत्सवका सहसंयोजक तथा जैमिनी संकृतनका अध्यक्ष सङ्घम क्षेत्रीले जानकारी दिनुभयो । भजन महोत्सवमा सहभागीलाई यातयात खर्च दिइनेछ भने दैनिकरुपमा उत्कृष्ट भजन टोलीलाई सम्मान गर्ने आयोजकको तयारी छ । शालग्राम सङ्ग्रहालयमा गर्न थालिएको भजन महोत्सवमा रु १० लाख खर्चको अनुमान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष प्रजापती पराजुली, लोक तथा भजन गायक रेशम सापकोटा र लोक भजनका खोजकर्ता डा तुलसी प्रवासका समेत भजन प्रस्तुत हुनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार