श्रावण १४, २०८३ बिहिबार July 30, 2026

लोकगायक विष्णु खत्रीको ‘हतार भइसक्यो’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ बजारमा ल्याउनुभएको छ ।

खत्रीको आफ्नै युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको उक्त गीतको भिडियोले २० हजारभन्दा बढी भ्यूज बटुलिसकेको छ ।

गीतमा गायक खत्रीका साथै रेनु रानामगरको स्वर छ । गीतको रचना र सङ्गीत पनि खत्रीकै रहेको छ । म्युजिक भिडियोमा कलाकार लोमस शर्मा, मेलिना थापालगायतको अभिनय देख्न पाइन्छ ।

भिडियोको निर्देशन दिलीप रेग्मीले गर्नुभएको छ । मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न पञ्चेबाजा गीत ल्याएको गायक खत्रीले बताउनुभयो ।

गीतमा बागलुङको गलकोट, बडिगाडसहित छिमेकी मुसीकोट नगरपालिकाका सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको वर्णन छ । गीतको सवालजवाफमा स्थान विशेषलाई प्रतिकात्मकरूपमा उठान गरिएको छ ।

माया, प्रेमको गीत भए पनि त्यसमा प्रयुक्त शब्द र भिडियोका दृश्यले पर्यटकीय ठाउँको प्रचार र प्रवद्र्धन हुने विश्वास लिइएको छ ।

दुई दशकदेखि नेपाली लोकसङ्गीतमा सक्रिय गायक खत्रीका यसअघि ‘जाउँला ढोरपाटन’लगायत दर्जनौँ पञ्चेबाजामा आधारित गीत सार्वजनिक भइसकेका छन् ।

नेपाली जनजीवनका सुख, दुःख र भोगाइलाई गीतमार्फत सजीव ढङ्गले उर्तान सफल गायक-सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’लगायतका गीत धेरै रुचाइएका छन् ।

गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका गायक खत्री यसै साता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल गण्डकी प्रदेशले प्रदान गर्ने नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार, २०७८ बाट पुरस्कृत हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री सुधन गुरुङलाई हटाउन जेन–जी समूहको माग
२०८३ श्रावण १४, बिहिबार
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार