कार्तिक ११, २०८३ बुधबार October 28, 2026

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी-३’ उद्घाटन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै सातै प्रदेशमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेललगायतका कलाकारको सहभागिता थियो ।

जनताद्वारा, जनताका निम्ति र जनतालाई भन्ने नाराका साथ सातै प्रदेशमा आयोजना हुने यो साङ्गीतिक कार्यक्रम काँकडभिट्टाबाट सुरु भएर क्रमशः अरु प्रदेशमा पुग्ने छ । बिगतमा कार्यक्रमका दुईवटा संस्करण आयोजना भइसकेका छन् ।

गृष्मा ब्रोडकास्टिङले कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना हुने कार्यक्रमका प्रदेश नं १ संयोजक विकास घिमिरेले बताए ।

कार्यक्रममा गायक बद्री पङ्गेनी, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार