श्रावण १४, २०८३ बिहिबार July 30, 2026

राजीनामा कुनै हालतमा नदिने अडानमा उपसभामुख तुम्बाहाङफे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्।

रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले उपसभामुखबाट राजीनामा मागेपछि तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी हुन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुखलाई यथावत् राखेर सभामुख पदमा उम्मेदवारी दिन नमिल्ने तर्कसहित नेकपाले तुम्बाहाङफेको राजीनामा मागेको जनाएको छ। सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। यौन दुव्यबहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ।

प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली भने अनुपस्थित थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा माग्ने र सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार