कार्तिक ११, २०८३ बुधबार October 28, 2026

युके र नेपालमा छायांकन गरिएको ‘हेल्लो जिन्दगी’ को फस्ट लुक सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लामो समयको प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको बिहीबार फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ ।

एभरेष्ट सूर्य बोहराद्धारा लिखित,निर्देशीत फिल्म आगामी चैत्र ११ गते अर्थात् २५ मार्च, २०२२ मा देशब्यापी प्रदर्शनमा आउने तय भएको जानकारी निर्देशक बोहराले दिएका छन् ।

सत्य घटनामा आधारित सामाजीक कथानक फिल्ममा बिक्रम डि.जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत,सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।

सार्वजनीक तीन किसीमका फस्र्टलुक पोस्टर मध्ये एउटामा फिल्मका प्रमुख अभिनेता बिक्रम डि जोशी ‘एंग्री म्यान’ का रुपमा मैदानमा उत्रिएका छन् ।

अर्काे एउटा पोस्टरमा नायक जोशी नायिका दीपीकासँग ‘डिफेन्डिङ मुड’ देखिएका छन् भने अर्काे एक पोस्टरमा नायक जोशीका साथमा नायिकाहरु प्रियंका कार्की, दीपीका प्रसाईं,विल्सन बिक्रम राई र बिक्रान्त बस्नेतलाई प्रस्तुत गरिएको छ ।

युके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् ।

सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् ।

निर्देशक बोहराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल,प्रताप दास,प्रबिशा अधिकारी,एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो ।

युकेमा रहे तापनि सँधै नेपाली फिल्मको बिकास, बिस्तार र गुणस्तरियता बृद्धिका लागि कटिबद्ध अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘हेल्लो जिन्दगी’ ले नेपाली फिल्मको श्रीबृद्धिमा नौलो आयाम थप्ने बिश्वास ब्यक्त गरेका छन् । महंगो लगानीमा निर्माण गरिएको फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखीएको जानकारी उनले दिएका छन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सहनिर्मातामा सबिता गुरुङ छिन् भने  डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन मित्र छ ।

फिल्मको सहायक निर्देशकमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ अनि मुख्य सहायक निर्देशमा सुदीप कुँवर र एलिस अधिकारी छन् । कोरोनाका कारण सुस्ताएको नेपाली फिल्मको बिश्वब्यापी बजारलाई आफ्नो फिल्मले नयाँ उचाइमा पुर्याउने बिश्वास निर्देशक बोहराको छ । -न्यूज अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार