भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हातपारेको छ । फुङलिङ नगरपालिकालाइ ३–० को सोझो सेटमा हराउँदै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो ।

आइतबार सम्पन्न भएको प्रतियोगितामा सिदिङ्वा गाउँपालिकाले उपाधिसँगै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथै सिरिजंगा लिपि अंकित २ सय ६१ तोला चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता भएको फुङ्लिङले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र जित बुझाउनु पर्‍यो । फुङलिङलाइ हराउने क्रममा सिदिङ्वाले २५–१९,२५–२१ र २५–१६ को नतिजा निकाल्यो ।

यस्तै प्रतियोगितामा सान्त्वना हुने पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले जनही नगद ५५ हजार ५ सय ५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका प्राप्त गरेका छन् ।

ताप्लेजुङको नौ स्थानीय रहेकोमा सबै स्थानीय तहहरुले भाग लिएको आयोजक सिरिजंगा गाउँपालिकाले जनाएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार