असार २२, २०८२ आइतबार July 6, 2025

अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हातपारेको छ । फुङलिङ नगरपालिकालाइ ३–० को सोझो सेटमा हराउँदै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो ।

आइतबार सम्पन्न भएको प्रतियोगितामा सिदिङ्वा गाउँपालिकाले उपाधिसँगै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथै सिरिजंगा लिपि अंकित २ सय ६१ तोला चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता भएको फुङ्लिङले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र जित बुझाउनु पर्‍यो । फुङलिङलाइ हराउने क्रममा सिदिङ्वाले २५–१९,२५–२१ र २५–१६ को नतिजा निकाल्यो ।

यस्तै प्रतियोगितामा सान्त्वना हुने पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले जनही नगद ५५ हजार ५ सय ५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका प्राप्त गरेका छन् ।

ताप्लेजुङको नौ स्थानीय रहेकोमा सबै स्थानीय तहहरुले भाग लिएको आयोजक सिरिजंगा गाउँपालिकाले जनाएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार