भाद्र २१, २०८३ आइतबार September 6, 2026

युएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीको कब्जामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्।

हुती प्रवक्ता याहिया सारीले एक ट्वीटमा भनेका छन् जहाजमा “सैन्य उपकरण थियो” र त्यो “बिना लाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।”

सारीले एक प्रेस कन्फरेन्स गरेर यसबारेमा पूरा जानकारी दिने बताएको बीबीसीले उल्लेख गरेको  छ ।

हुती विद्रोहीले यमनको धेरै जसो क्षेत्रमा कब्जा जमाएका छन् र साऊदी अरबको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको सेना यमनमा उ सँग युद्ध गरिरहेको छ ।

यस अघि साऊदी अरब नेतृत्वको गठबन्धनले हुती विद्रोहिले यमनमा होदेदा गवर्नोरेटबाट निस्कनासाथ युएईको झण्डा भएको एक मालवाहक जहाजलाई अपहरण गरेको जनाएको थियो । यसपछि हुतीले जहाज कब्जामा लिएको जानकारी दिएको हो ।

साऊदी प्रेस एजन्सीका अनुसार गठबन्धनका प्रवक्ता ब्रिगेडियर तुर्की अल मलिकीले उक्त मालवाहक जहाज सोकोट्रा द्वीपबाट जजान बन्दरगाहको यात्राका लागि निस्किएको र त्यसमा अस्पतालसँग सम्बन्धित उपकरणहरु थिए । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एकदिवसीय शृङ्खला : न्युजिल्यान्ड ‘ए’ सँग नेपाल दुई विकेटले पराजित
२०८३ भाद्र २१, आइतबार
बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
२०८३ भाद्र २१, आइतबार
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
२०८३ भाद्र २१, आइतबार
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
२०८३ भाद्र २१, आइतबार
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा
२०८३ भाद्र २१, आइतबार
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
२०८३ भाद्र २१, आइतबार
सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले घट्यो
२०८३ भाद्र २१, आइतबार