वैशाख १५, २०८१ शनिबार April 27, 2024

देउवाले मौका पाउँदा पनि काम गर्न सकेनन्, पार्टी चलाउन मसँग प्रशस्त अनुभव छ : प्रकाशमान सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताएका छन् ।

मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनुपर्ने बताएका हुन् । मौका पाउँदा पनि गर्ने नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाइ थियो ।

साथै नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको उनको भनाइ छ । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमता चाहिन्छ,’ उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’

यस्तै नेतृत्वको कारण गर्दा कम्युनिस्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि काँग्रेसले जनमत पाउन नसकेको उनले बताए । निर्वाचन पछि कांग्रेस कमजोर हुँदा कम्युनिस्टहरुले मौका पाए र संविधानमाथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि कांग्रेस मजबुत हुनुपर्ने बताए । कांग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्तन आवश्यक रहेको उनको तर्क छ ।

उनले जनताको माग नेतृत्व परिवर्तन भएको र नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए । मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने उनको धारणा थियो ।

‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो । नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ,’ उनले भने, ‘मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन ।’

साथै उनले लोकतान्त्रिक पार्टीभित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताउँदै पार्टीभित्र सबैको सम्मान हुनुपर्नेमा जोड दिए । उनले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफूले सधै पार्टीभित्र आवाज उठाउँदै आएको बताए ।-न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार