कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षीय नेता प्रतिस्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादव र नेता बिमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराका छन् । उनी दुवै जना जनकपुरको गोपाल धर्मशाला पुगेर उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र रूपमा रञ्जित कर्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे पनि उनले उम्मेदवारी भने दर्ता गराएका छैनन् ।

मन्त्री यादवले  आफू कुनै गुटबाट नभई कांग्रेसबाट उम्मेदवारी दिएको बताएका छन् । यादवले आफूलाई सबैको समर्थन रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे । कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको दाबी छ ।

देउवा पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र नेता उपेन्द्र यादवले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू सहित ७२ जना प्रदेश कार्य समिति चयन हुने छ । मनोनयन दर्ता अझै जारी नै रहेकोले उम्मेदवारहरूको अन्तिम नामावली राती १० बजे प्रकाशन गरिने प्रदेश निर्वाचन समिति सदस्य अरुणकुमार यादवले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार