कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

विद्यार्थी नेता प्रमोदहरी गुरागाँईले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली काँग्रेसका युवा नेता प्रमोदहरी गुरागाँईले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका गुरागाँईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनले काँग्रेसको १४ औँ महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने घोषणा गरेका छन् ।

विद्यार्थी राजनिति जीवनमा तीन पटक केन्द्रीय सदस्य तथा एक पटक उपाध्यक्ष गरी ४ कार्यकालको अनुभव गरिसकेका नेता गुराँगाइले आगामी महाधिवेशनबाट केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको बताए ।

देशभरबाट आउनुहुने प्रतिनिधि ज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ गुरागाँइले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेद्वारी मेरो लागि अवसर हो ।’

केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी हेटौडा र संघिय राजधानी काठमाडौँका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए ।

काँग्रेस पार्टीको केन्द्रीय नीती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य भई देशैभरी पार्टीले आयोजना गरेको पार्टी प्रशिक्षण प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका उनी १४ औँ महाधिवेशनका लागी काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ७ बाट समेत अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार