जेठ ७, २०८२ बुधबार May 21, 2025

इमरान खानलाई पाकिस्तानी सेनाको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाकिस्तानी सेनाले चेतावनी दिएको छ ।

पाकिस्तानी सेनाको मिडिया विङ आइएसपीआरले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पिटिआईका अध्यक्ष इमरान खानविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

इमरान खानले कुनै प्रमाण बिना उच्च सैन्य अधिकारी विरुद्ध धेरै गैर जिम्मेवार र आधारहीन आरोप लगाइरहेको आइएसपीआरले बताएको छ । बयानमा भनिएको छ – विगत एक वर्षदेखि आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पाकिस्तानी सेना र गुप्तचर निकायका अधिकारीविरुद्ध सनसनीपूर्ण तरिकाले प्रचार भइरहेको छ ।

एक र्‌यालीलाई सम्बोधन गर्दै इमरान खानले जनरल फैसल नसीरको नाम सम्पूर्ण पाकिस्तानले सम्झनुपर्ने र उनलाई केही भइहाल्यो भने त्यसको जिम्मेवार फैसल नसीर हुने बताएका थिए । नोभेम्बर सन् २०२२ मा इमरान खानमाथि घातक हमला भएको थियो । आक्रमणपछि मिडियालाई सम्बोधन गर्दा पनि इमरान खानले भनेका थिए, ‘तीन जनाले मेरो हत्या गर्ने षड्यन्त्र रचेका छन् । जसमा गृहमन्त्री सनाउल्लाह खान, प्रधानमन्त्री शाहबाज शरीफ र मेजर जनरल फैसल नसीर छन् ।’

को हुन् मेजर जनरल फैसल ?

सेना अधिकारी फैसल नसीरलाई हालै मेजर जनरलको पदमा बढुवा गरिएको थियो, त्यसपछि उनी अगस्टमा पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईमा सामेल भएका छन् ।

उनी आईएसआईको आन्तरिक शाखाको नेतृत्व गरिरहेका छन्, जसलाई ‘सी विङ’ भनिने ‘पोलिटिकल विङ’ को कमान सम्हालिरहेका छन् ।

यो पदलाई साधरणतया ‘डिजी सी’ भनिन्छ । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यसको अर्थ ‘काउन्टर इन्टेलिजेन्स’ नभई एक अक्षरको रूपमा मात्रै प्रयोग गरिन्छ । आइएसआईमा यसबाहेक डिजी ए, बी आदि जस्ता संक्षिप्त अक्षर पनि प्रयोग हुन्छ ।

काउन्टर इन्टेलिजेन्स वा सीआई ब्युरो एउटा छुट्टै निर्देशनालय हो जस अन्तर्गत राजनीतिक शाखा सहित धेरै विभागहरू आउँछन् । पूर्व आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पनि मेजर जनरलको रूपमा यस पदमा तैनाथ थिए ।

मेजर जनरल फैसल नसीरले सेनाको पञ्जाब रेजिमेन्टमा कमिसन हासिल गरेका थिए । आफ्नो करियरको सुरुवाती समयमा नै उनी कोर अफ मिलिट्री इन्टेलिजेन्समा गएका थिए । त्यसपछि उनको करियर इन्टेलिजेन्स असाइनमेन्टसम्म रह्यो ।

र यसै कारण उनीबारे खासै धेरै जानकारी उपलब्ध छैन । उनी आफ्नो करियरका बेला अशान्त क्षेत्रमा तैनाथ रहे र महत्त्वपूर्ण इन्टेलिजेन्स आधारित अभियानको हिस्सा रहेका छन् । उनले पछिल्लो दुई दशकमा कतिपय मोस्ट वान्टेड चरम पन्थीलाई मारे, कतिलाई पक्राउ गरे । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार