जेठ ७, २०८१ सोमबार May 20, 2024

‘तिमी फूल बनेर’ गीतको म्यूजिक भिडियोमा प्रवीण र ममताको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लेखन विधामा निरन्तर कलम चलाई रहेका गीतकार जगदीशगुरुङ्गको ‘तिमी फूल बनेर’ गीतको भिडियो सार्बजनिक भएको छ ।

जगदीश गुरुङको शब्द रचना रहेको यस म्युजिक भिडियोमा प्रवीण बेडवाल र ममता गुरुङले स्वर दिएका छनभने पुष्कर सुनवारले संगीत भरेका छन्।

गीतकार जगदीश गुरुङले स्व. बाबा भुवन बहादुर गुरुङ र स्व. आमा बिष्णु कुमारी गुरुङको स्मृतिमा रचित तथा समर्पित गरिएको गीतलाई श्रीमती सीमा गुरुङले निर्माण गरेका हुन।

बेलायतमा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिदै बेलायतमा विभिन्न संघ संस्थामा आबद्ध रहेका छन्।

‘तिमी फूल बनेर’ बोलको गीतको भिडियोलाई मोहन सुनुवारले छायांकन गकेका हुन भने गीतको भिडियोमा प्रवीण बेडवाल र ममता गुरुङले अभिनय रहेको छ ।

गीतको भिडियो गायक तथा संगीतकार पुस्कर सुनुवारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।-नयूज अभियान

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया