जेठ ७, २०८१ सोमबार May 20, 2024

अभिनेत्री काजल अग्रवाल आमा बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ । उनका पति गौतम किचलूले पत्नी तथा अभिनेत्री काजल चाँडै आमा बन्न लागेको खुलाएका छन् ।

पछिल्लो केही समयदेखि काजल गर्भवती भएको अनुमान लगाइए पनि अहिले आएर यो खबरको पुष्टि भएको हो ।

गौतमले शनिबार आफ्नो इन्स्टाग्राममा काजलको एक तस्बिर सेयर गरेका थिए । ‘२०२२ तपाईंको पखाईमा छ’, उनले लेखेका थिए । यो क्याप्सनसँगै उनले गर्भवती महिलावाला इमोजी पोस्ट गरेका थिए ।

यसअघि काजलले शुक्रबार पतिका साथ एक तस्वीर सेयर गरेकी थिइन् । तस्बिरमा अभिनेत्रीले आफ्नो बेबी बम्प देखाएकी थिइन् । तस्बिरमा उनी हरियो रंगको थाई हाई स्लिट गाउनमा सुन्दर देखिएकी थिइन् ।

काजल र गौतमले हालैमात्र विवाहको पहिलो वार्षिकोत्सव मनाएका थिए । यो जोडीले सन् २०२० अक्टोबरमा मुम्बईमा विवाह गरेका थिए । उनीहले कोरोना निर्देशिका पालना गर्दै विवाह गरेका थिए । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया