श्रावण १४, २०८३ बिहिबार July 30, 2026

अभिनेत्री काजल अग्रवाल आमा बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ । उनका पति गौतम किचलूले पत्नी तथा अभिनेत्री काजल चाँडै आमा बन्न लागेको खुलाएका छन् ।

पछिल्लो केही समयदेखि काजल गर्भवती भएको अनुमान लगाइए पनि अहिले आएर यो खबरको पुष्टि भएको हो ।

गौतमले शनिबार आफ्नो इन्स्टाग्राममा काजलको एक तस्बिर सेयर गरेका थिए । ‘२०२२ तपाईंको पखाईमा छ’, उनले लेखेका थिए । यो क्याप्सनसँगै उनले गर्भवती महिलावाला इमोजी पोस्ट गरेका थिए ।

यसअघि काजलले शुक्रबार पतिका साथ एक तस्वीर सेयर गरेकी थिइन् । तस्बिरमा अभिनेत्रीले आफ्नो बेबी बम्प देखाएकी थिइन् । तस्बिरमा उनी हरियो रंगको थाई हाई स्लिट गाउनमा सुन्दर देखिएकी थिइन् ।

काजल र गौतमले हालैमात्र विवाहको पहिलो वार्षिकोत्सव मनाएका थिए । यो जोडीले सन् २०२० अक्टोबरमा मुम्बईमा विवाह गरेका थिए । उनीहले कोरोना निर्देशिका पालना गर्दै विवाह गरेका थिए । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री सुधन गुरुङलाई हटाउन जेन–जी समूहको माग
२०८३ श्रावण १४, बिहिबार
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार