श्रावण १४, २०८३ बिहिबार July 30, 2026

विवाहलगत्तै विवादमा विक्की कौशल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बलिउड अभिनेता विक्की कौशल अभिनेत्री कटरीना कैफसँग विवाहपछि काममा फर्किएका छन् । उनी अहलिे नयाँ फिल्म ‘लुका–छिपी २’ को सुटिङका लागि मध्यप्रदेशको इन्दौरमा छन् ।

केही दिनअघि मात्र अभिनेताको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएका थिए । उनी अभिनेत्री सारा अली खानका साथ इन्दौरमा सुटिङमा छन् । फिल्मको एक दृश्यमा विक्कीले सारालाई बाइकमा राखेर सहर घुमाउनुपर्ने हुन्छ । यही दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अहिले यही दृश्यलाई लिएर विवाद सुरु भएको छ । विक्कीमाथि सुटिङका समयमा नक्कली नम्बरको गाडी प्रयोग गरेको आरोप लागेको छ । प्रहरी अधिकारीहरू र आरटीओले फिल्म निर्माताले गैरकानुनी काम गरेको दाबी गरेका छन् । यही विषयमा प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।
बाइकका मालिक इन्दौरका जयसिंह यादव हुन् । भिडियोमा देखिएको बाइकको नम्बर जयसिंहकै हो । जयसिंहले पनि अन्य व्यक्तिले भनेपछि मात्र आफ्नो बाइक नम्बर प्रयोग गरिएको थाहा पाएका थिए ।

उनले बाइक एरोड्रम शोरुमबाट २५ मे २०१८ मा किनेका थिए । फिल्म निर्माताले उनको एक्टिवाको नम्बर कसरी लगाए र यो नम्बरको बाइक दुर्घटनामा भएको भए को जिम्मेवार हुन्थ्यो भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विक्की र निर्मातामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार
तीन जनाको ज्यान गएपछि रास्वपा सक्रिय, कोशी–मधेशका सांसदसँग गरे छलफल
२०८३ श्रावण १४, बिहिबार
साम्प्रदायिक तनावबीच पूर्वराजा ज्ञानेन्द्रको सद्भाव अपिल
२०८३ श्रावण १४, बिहिबार
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
२०८३ श्रावण १४, बिहिबार