श्रावण १४, २०८३ बिहिबार July 30, 2026

सलमानको ‘नो एन्ट्री’ सिक्वेलमा नौ अभिनेत्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हालैमात्र अभिनेता सलमान खानले आफ्नो जन्मदिनमा अनीस बज्मीसँग मिलेर फिल्म ‘नो एन्ट्री’को सिक्वेल बनाउने घोषणा गरेका छन् । सलमानका अनुसार कमेडी जनराको यो फिल्म चाँडै छायांकनमा जाँदैछ ।

‘नो एन्ट्री मे एन्ट्री’ नाम दिइएको फिल्ममा सलमान, अनिल कपूर र फरदीन खान तेहोरो भूमिकामा देखिनेछन् । यी सबै नौ चरित्रका लागि नौ अभिनेत्रीलाई कास्ट गर्ने तयारीमा फिल्म युनिट जुटेको छ । जसका लागि ४ अभिनेत्री फाइनल भइसकेका छन् ।

यो फिल्मको सिक्वेलको योजना ६ वर्षअघिदेखि नै सुरु भएको हो । अहिले फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । फिल्मका लागि विपाशा बसु, सेलिना जेटली, लारा दत्ता र डेजी शाह फाइनल भइसकेका छन् । डेजी सलमानको कुनै एक चरित्रको अपोजिटमा हुेनछिन् । फिल्ममा उनको केमियो र एक डान्स नम्बर हुनेछ । फिल्मले पत्नीबाट भड्किएका तीन पति र उनीहरुको पागलपनलाई देखाउनेछ ।

स्रोतका अनुसार सलमानले नै डेजीको नाम सिफारिस गरेका हुन् । सलमानले डेजीलाई फिल्म ‘रेस ४’मा पनि कास्ट गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २००३ मा रिलिज फिल्म ‘तेरे नाम’मा डेजीले एक गीत ‘लगन लगी’मा कोरस डान्स गरेकी थिइन् । सन् २०१४ को ‘जय हो’मा उनले सलमानको लभ इन्ट्रेस्ट र सन् २०१८ मा ‘रेस ३’मा सलमानको सौतेली बहिनीको भूमिका निभाएकी थिइन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री सुधन गुरुङलाई हटाउन जेन–जी समूहको माग
२०८३ श्रावण १४, बिहिबार
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार