कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कंगनाको चाहना : उजुरी कम, प्रेमपत्र बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बलिउड अभिनेत्री कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना साझा गरेकी छन् । उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन् ।

आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् ।

‘विश्वमा केवल एक राहु केतु मन्दिर छ । यो तिरुपति बालाजीको नजिक छ । यहाँ केही अनुष्ठान गरें । पाँच मौलिक लिंगोमध्इे वायु (वायु तत्व) लिण्डा पनि छ, यो एक उल्लेखनीय स्थान हो,’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘म आफ्नो प्रिय दुश्मनको दयाका लागि यहाँ गएकी थिएँ । यो वर्ष मलाई कम प्रहरी उजुरी/एफआईआर तथा बढी प्रेम पत्र चाहिएको छ । जय राहु केतुजी को ।’

कामको कुरा गर्दा कंगना आगामी फिल्म ‘धाकड’को तयारीमा छिन् । जुन एक्सन थ्रिलर फ्लेभरमा छ । यो फिल्म सन् २०२२ को अप्रिल ८ मा रिलिजको तयारीमा थियो । तर निर्माताले यसलाई मेसम्म सारेका छन् ।

उनको हातमा फिल्म ‘तेजस’ पनि छ । यो फिल्मले एक साहसी महिला पाइलटको कथा देखाउनेछ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार